ताप्लेजुङ, ६ जेठ। ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित बुङकुलुङमा संरक्षित वन्यजन्तु चरीबाघको बच्चा (लेपर्ड क्याट) फेला परेको छ।
दुर्लभ प्रजातिको उक्त चरीबाघलाई स्थानीय थुक्तेन शेर्पाको घरमा पालेको कुकुरले च्यापेर ल्याएको हो।कुकुरले ल्याएको चरीबाघको बच्चा अन्दाजी एक महिनाको रहेको छ ।
डिभिजन वन कार्यालयले त्यसको जिम्मा लिएको छ।दाहिने खुट्टामा सामान्य चोट लागेकाले उपचार गरिने र अलि ठूलो भएपछि जंगलमै लगेर छाडिने सहायक वन अधिकृत चन्द्रकुमार राईले जानकारी दिए।



लाेकपाटी न्यूज
