राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा दुई विधेक प्रमाणित

narayan_-dahal
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् ।

आज अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालको सचिवालयका अनुसार आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने छ। राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्