नवलपरासी, ६ जेठ। बलात्कारको आरोपमा दुई प्रहरी अधिकारी निलम्बनमा परेका छन्। पश्चिम नवलपरासीमा कार्यरत दुई प्रहरी अधिकारी निलम्बनमा परेका हुन्।
बलात्कार गरेको आरोपमा सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत जवान प्रेम खड्का र पाटेश्वर यादवमा निलम्बनमा परेका हुन्। उनीहरुलाइ स्थानीय १७ वर्षीया किशोरी र २६ वर्षीया महिलालालाइ बलात्कार गरेको आरोप लागेको हो । पीडित परिवारका आनुसार गएको वैशाख १ गते घाँस काट्न गएकाबेला खड्का र यादवले बलात्कार गरेका थिए।
घटना पहिल्यैको भएपनि पीडित युवतीहरुले गुपचुप राखेका कारण घटनाको हस्य खुलेको थिएन। तर केही दिनपछि यसबारे स्थानीयले थाहा पाएपछि प्रहरीसमक्ष उजुरी परेको थियो। हाल आरोपित दुवै जवानबिरुद्ध जबर्जस्ती करणी अन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बताएका छन्।



लाेकपाटी न्यूज

