त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर

T U
लोकपाटी न्यूज

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समय सीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर पाउने भएका छन्।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मङ्गलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको छ। मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन सङ्काय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरू सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय त्रिविले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्