काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दलको कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा समसामियक राजनीतिक परिस्थितबारे छलफल हुने उनले बताए । सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसायले तयारी अगाडि बढाएको अवस्थाबारे धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो।
भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेयता माओवादीले संसदमा विरोध जनाउँदै आएको छ।



लोकपाटी न्यूज

