सुर्खेत। पहिरो खस्दा जाजरकोटमा एक वडा सदस्यका दम्पती बेपत्ता भएका छन्। जाजरकोट प्रहरीका अनुसार बारेकोट गाउँपालिका–६, धुमामा भन्ने ठाउँमा उक्त वडाका वडा सदस्य ३८ वर्षीय प्रेमकुमारी चलाउने र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन्।
चलाउने दम्पतीको अवस्था अझै अज्ञात रहेको छ। चलाउनेकी छोरी ११ वर्षीया सम्झना चलाउनेको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए। राति घरमाथिबाट आएको पहिरोले चलाउनेको घर पूर्ण रूपमा पुरेको हो।



लोकपाटी न्यूज
