नेकपा सचिवालय बैठक स्थगित

nekapa sachiwalaye meeting pic
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको सचिवलायका एक नेताले जानकारी दिए।

पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बैठक बोलाइएको थियो। यसअघि शुक्रबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो। उक्त बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्यविभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो।

तर, आइतबार बैठक अन्तिम समयमा आएर अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ। ‘आइतबार सचिवालयको बैठक बसेर पोलिटब्यूरोमा रहने सदस्यको नामावली टुंगो लगाउने र कार्य विभागबारे छलफल गर्ने निर्णय भएको थियो’ ती नेताले भने, ‘तर अन्तिम समयमा आएर अनिश्तिकालका लागि बैठक स्थगित भएको जानकारी आयो।

स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘इन्ट्रेस्ट’ मा बैठक स्थगित गरिएको हो। गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेको बताइएको छ।