तीजपछि मन्त्रिपरिषद बिस्तारित हुन्छ : मुख्यमन्त्री कार्की

Hikmat_Karki
लोकपाटी न्यूज

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तीजपछि मन्त्रिपरिषद बिस्तारित हुने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले सत्तारूढ दल काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन जोड दिए।

काँग्रेसकै आन्तरिक कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै मुख्यमन्त्री कार्कीले तीजपछि मन्त्रिपरिषद बिस्तार हुने प्रस्टाए। उनले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर पर्दै गएको बताए।

सरकार शासकीय सुधारमा केन्द्रीय रहेको र प्रदेशको विकासका योजनाहरुलाई तीव्रता दिइने बताए। अर्को एक प्रसंगमा मुख्यमन्त्री कार्कीले कसैले सरकारका बिषयमा नमिठो बोल्दैमा लाप्पा खेल्न जान नहुने टिप्पणी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्