केटी जिस्काएको निहुँमा छुरा प्रहार, एकको मृत्यु

CHURa prahar
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। केटी जिस्काएको निहुँमा छुरा प्रहार हुँदा एक जना युवकको हत्या भएको छ।धनकुटामा केटी जिस्काएको निहुँमा युवकमाथि छुरा प्रहार भएको हो।

हत्या गरिएको युवक महालक्ष्मी नगरपालिका वडा नम्बर ३ का २२ वर्षिया सन्तोष लिम्बु रहेका छन्।वैशाखे पूर्णीमाको दिन साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा सहभागी भएका सन्तोषमाथि आफनो बहिनीलाई जिस्काएको भन्दै सोही वडाका २५ वर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट सन्तोषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनालगत्तै घनेन्द्रलाई प्रहरीले प्रक्राउ गरिसकेको छ भने घटनामा नै संलग्न रहेको जिवन लिम्बु फरार रहेका छन्। उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्