देशमा बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीको हात छ : उपेन्द्र यादव

Upendra_Yadav
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताएका छन्।सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीको हात रहेको आरोप लगाएका हुन्।

उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए। उनले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए। उनले मधेश आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको जिकीर गरे। उनले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप समेत लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्