ललितपुर। ललितपुर क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएकी पुनमाया तामाङको मृत्यु भएको छ। उनले शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी थिइन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ निवासी तामाङ ६४ वर्षकी थिइन्। उनले अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुईँमा हाम फालेकी थिइन्। उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।



लोकपाटी न्यूज