इजरायली आक्रमणबाट २१ प्यालेस्टाइनीको मृत्यु

aakraman
लोकपाटी न्यूज

काठमाडौं। गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको श्रृंखलामा कम्तिमा २१ प्यालेस्टाइनीको मृत्यु भएका छ। प्यालेस्टिनी स्रोतका अअनुसार मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन्।

गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ। उद्धार र नागरिक रक्षा टोलीहरूले अपार्टमेण्टबाट पीडितहरूको शव र धेरै घाइतेहरूलाई निकालेका छन्। गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४० हजार ४३५ पुगेको छ।