काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको हो।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४ सय सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको १ हजार ८५० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मुल्य तोलामा १ हजार ८ सय १५ रुपैयाँ कायम भएको थियो।



लोकपाटी न्यूज
