आज कति छ विदेशी मुद्राको विनिमय दर ?

dollor
लोकपाटी न्यूज

काठमाडौं। आज (बिहीबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर

dollor

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्