सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो अहिलेसम्मकै उच्च कारोबार हो। सुनको मूल्यले गत भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो। भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो। त्यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्