काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु. एक लाख ५० हजार ८०० कायम भएको छ।
सोमबार प्रतितोला छापावाल सुन रु. एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर छ। आज प्रतितोला चाँदी रु. एक हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ।



लोकपाटी न्यूज
