काठमाडौं। केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुन: उपलब्ध भएको छ। मंगलबारदेखि प्लेस्टोरबाट गायबमा भएको एप बिहीबार फर्किएको हो।
इसेवा एप पुनः गूगल प्ले स्टोरमा उपलब्ध भएको कम्पनीले जनाएको छ। सम्पूर्ण ग्राहकहरू, एजेन्टहरू, मर्चेन्टहरू र शुभेच्छुकहरूले देखाएको सदीक्षाप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ।
यसअघि इसेवा प्रालि, इसेवा लिमिटेडमा परिणत भएसँगै, उक्त विवरण गूगल प्ले स्टोर र डेटा युनिभर्सनल नम्बरिङ सिस्टम मा अपडेट गर्ने क्रममा रहेकाले अस्थायी रूपमा एप प्ले स्टोरबाट हटेको थियो।



लोकपाटी न्यूज

