स्वयम्भूको प्रवेशद्वारमा महानगरले डोजर चलायो

dojer
लाेकपाटी न्यूज

काठमाडौं, ३ जेठ। स्वम्भूको पूर्वी गेटमा निर्माण गरिएको नयाँ प्रवेशद्वारमा महानगरपालिकाले डोजर चलाएको छ।
स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले गेट बनाउन सुरु गरेपछि स्थानीयले चर्को विरोध गरेका थिए।

स्थानीयको विरोधपछि महानगरपालिकाले डोजर चलाएर प्रवेशद्वार भत्काएको हो। विनाशकारी भूकम्पले गेट भत्किएसँगै सम्पदा क्षेत्रमा ठूला गेट नबनाउने निर्णय पुरात्तव विभागले गरेको थियो। तर, उक्त संस्थाले पुरातत्व विभागसँग अनुमति नलिइ गेट निर्माण गरेपछि शुक्रवार महानगरको स्रोत र साधन प्रयोग गरेर गेट भत्काइएको सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले जानकारी दिए।

पुनर्निर्माण गर्ने क्रममा क्रंक्रिटको गेट हालेको र पुराना संरचनालाई मास्दै नयाँ संरचना बनाएको भन्दै स्थानीय र सम्पदा बचाउ अभियानकर्ताहरुले वडा कार्यलय, महानगर तथा पुरातत्व विभागलाई ध्यानकर्षण समेत गराएका थिए। विश्वसम्पदा क्षेत्रमा पुरातत्व विभागको अनुमति बिना कुनै पनि संरचना फेरबदल गर्न नपाइने नियम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्