हरेक बच्चामा केही विशेष गुण हुन्छ। हरेक बच्चाको क्षमता फरक फरक हुन्छ। हरेक अभिभावकको चाहना हुन्छ, उसको बच्चा बुद्धिमान र स्मार्ट बनोस्। यसका लागि अभिभावकले पनि विशेष ध्यान दिन दिएर बच्चाको ब्रेन पावर बढाउनका लागि सहयोगी भूमिका खेल्नुपर्दछ । आउनुहोस्, यसबारे केही कुरा जानौं।
१. जसरी बच्चाको शारीरिक विकास महत्वपूर्ण हुन्छ, त्यसैगरि उसको मानसिक विकास पनि महत्वपूर्ण हुन्छ। बच्चालाई उसलाई मनपर्ने खानेकुरा दिनको साथ साथै पौष्टिक आहार वा अन्य आवश्यक कुरामा ध्यान दिनुभयो भने बच्चाको ब्रेन पावर बढाउन सहयोग मिल्दछ।
२. सबैभन्दा पहिला ध्यान राख्नुहोस् कि बच्चाको नास्तामा प्रोटिन, कार्बोहाइड्रेट, एसेंसियल फेटि एसिडसहितको भोजन होस्। यसले शरीर वा दिमागमा इनर्जी लेवल बनिरहन्छ। जसकारण बच्चाको सोच्ने र बुझ्ने क्षमता बलियो हुन्छ।
३. बच्चाको ब्रेन पावर बढाउनका लागि राम्रो निन्द्राको पनि आवश्यक हुन्छ। धेरैजसो अभिभावक पढाइका लागि बच्चाको पछि लाग्छन्। तर, निन्द्राको कमीका कारण दिमागमा असर हुन्छ र दिमाग एकाग्र हुन सक्दैन। यसैले ब्रेन पावर बढाउनका लागि बच्चालाई राम्रोसँग निदाउने अवसर दिनुपर्छ।
४. बच्चालाई कुनै पनि कुरा याद गराउन अलि गाह्रो हुन्छ, त्यसैले कुनै सजलो उपाय अपनाउनुहोस्। पढाइलाई नयाँ–नयाँ कुराहरुसँग जोडेर पढाउनुभयो भने राम्रोसँग बुझ््छन् र उसको मेमोरी पावर पनि बढ्छ।
५. बच्चाको दिमागलाई चुस्त दुरुस्त राख्नका लागि रिविजनको तरिकामा थोरै फरक ल्याउनुहोस्। प्रश्न उत्तर लेखेपछि बच्चालाई ठूलो ठूलो आवाजमा पढ््न लगाउनुहोस्। यसो गर्दा बच्चाले राम्रोसँग सम्झन्छ र बुझछन् पनि।
६. बच्चालाई लेसनको नोट बनाउनका लागि भन्नुहोस् यो कुनै कथाको सारांशजस्तो हुन्छ, जसमा थोरै शब्दमा मुख्य कुरा बुझाइन्छ। यसले महत्वपूर्ण कुराको याद राख्न सजिलो हुन्छ। अतः बच्चाले सधै प्रोपर नोट््स बनाउनका लागि प्रोत्साहित गर्नुहोस्। आवश्यक परेमा उसलाई सहयोग पनि गर्नुहोस्।
७. बच्चाको आहारमा हरियो तरकारी सामेल गर्नुहोस्। किनकि हरियो तरकारीमा आइरन, प्रोटिन, फाइवर र क्याल्सियम हुन्छ, जो दिमागको सक्रियताको बढाउने काम गर्दछ।
८. बच्चाको डाइटमा ड्राइफुड्स्, जस्तैः बदाम, पिस्ता, काजु अवश्य दिने गर्नुहोस्। किनकि यसले बच्चाको शरीरमा ओमेगा ३ फेटी एसिड, ओमेगा ६ फेटी एसिडजस्ता नेचुरल फेट्स् प्राप्त हुन्छ। यी सबै फेटसको सहयोगले उसको दिमागमा पोषण हुन्छ र ब्रेन पावर इम्प्रुभ हुन्छ। ड्राइफुड्स् प्रोटिन युक्त आहार हो। जसमा फेटी एसिडबाहेक मिनरल पनि पाइन्छ, जुन खाएर बच्चाको दिमाग पावरफुल हुन्छ।
९. बच्चालाई दिनमा एउटा फ्रुट्स् दिनुहोस्, जस्तै केरा, सुन्तला आदि। फलफूलमा प्रचुर मात्रामा फाइवर पाइन्छ। यदि तपाईले बिहान बच्चालाई एउटा मात्रै केरा खाने बानी बसाली दिनुभयो भने पनि यसले कन्सन्ट्रेसन लेवल बढाउन सहयोग गर्दछ। धेरैजसो फलफूलमा फ्याट हुँदैन र यसले लामो समयसम्म शक्ति प्रदान गर्दछ। यसको साथै किमिस, खजुर, आलुबखरा पनि ब्रेनको पावर बढाउनका लागि राम्रो स्रोत हो। सेब, आलुबखडा बच्चाको टिफिनमा पनि दिन सक्नुहुन्छ, यसले एन्टिअक्सिडेन्ट हुन्छ, जसले ब्रेनको एक्टिभ राख्दछ।
१०. बच्चाको मेमोरीका लागि अण्डा धेरै फाइदादायक हुन्छ। यसमा सधै भन्दा धेरै भिटामिन्स हुन्छ। जसले मेमोरी बढाउनका लागि सहयोगी भूमिका खेल्दछ। यसले ब्रेनको सेललाई बढाउँछ। जति बढी सेल उति तेज दिमाग। यसैले बच्चालाई ब्रेकफास्टमा अण्डा अवश्य दिनुहोस्।
११. बच्चाको दिमागको विकास गराउनका लागि उसको साथमा ब्रेन गेम खेल्नुहोस्। यसले उसको मेमोरी पावर सार्प हुन्छ। यसका लागि तपाई बच्चाको साथमा क्विज, बोर्ड गेम, मास्टर गेम या कलर लाइन गेम पनि खेल्न सक्नुहुन्छ। बच्चाको साथमा तपाई पनि बच्चा बनेर खेल्नुहोस्। गल्ती गर्यो भने बच्चालाई माया गरेर सम्झाउनुहोस्, यसो गर्दा उसले अर्कोपटक गल्ती गर्दैन। साथै बच्चाले गेम बुझ्छ र उसलाई रमाइलो पनि लाग्छ।
१२. ओटमिलमा धेर फाइवर हुन्छ। जुन बिस्तारै डाइजेस्ट हुन्छ र यसले बच्चालाई बिस्तारै बिस्तारै इनर्जी पनि मिल्दै जान्छ। बढ्ने बच्चाहरुको ब्रेनको लागि यो धेरै जरुरी छ। फिस हेल्दी फेट्सले भरपुर हुन्छ। यसमा प्रशस्त मात्रामा भिटामिन डि र ओमेगा ३ पाइन्छ, जसले दिमागको बिर्सिने रोगबाट बचाउँछ। सारडाइन, साल्मन, टुना फिसमा यी कुरा धेरै पाइन्छ।
१३. ब्रेन पावर बढाउनेका लागि हेल्दी ड्रिंक खुवाउनुहोस्, जस्तैः अनारको जुसमा रहेको एन्टीअक्सिडेन्टले ब्रेन एक्टिभ हुन्छ। एलोभेरामा भिटामिन बी ६ हुन्छ, जुन दिमागको विकासमा सहयोगी हुन्छ। न्रिवल पानीले रक्तप्रवाह र ब्रेनलाई स्फूर्ति राख्छ। बदाम शेकमा प्रोटिन प्रचुर मात्रामा हुन्छ, यसले सम्झने शक्ति बढाउँछ। टमाटरमा रहेको लाइकोपिन वा एन्टीअक्सिडेन्ट मेमोरी पावरका बढाउँछ। हल्दीले बच्चाको स्मरण शक्ति बढाउँछ।



लाेकपाटी न्यूज

