काठमाडौं। आज (बिहीबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५२ पैसा र बिक्री दर १७३ रुपैयाँ ३० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर




लोकपाटी न्यूज
