आज कति छ विदेशी मुद्राको विनिमय दर ?

dollor
लोकपाटी न्यूज

काठमाडौं। आज (बुधबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र कतारी रियाल बढ्दा यूरो र बेलायती पाउण्डको विनिमयदर भने घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ४८ पैसा र बिक्री दर १७३ रुपैयाँ २५ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर

4-9

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्