माथिल्लो त्रिशुली थ्री ‘ए’ सञ्चालनमा

trisuli A
लाेकपाटी न्यूज

काठमाडौं, २ जेठ । माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
९ वर्षको अन्योल चिर्दै आयोजनाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

बिहीबार आयोजनको पावर हाउस रहेको किस्पाङमा नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘स्वीच अन’ गरेर आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्राडीमा जोडे। आयोजनाबाट शुक्रबार ५ बजेबाट लगातार ७२ घण्टे परीक्षण उत्पादन हुनेछ। त्यो सफल भएपछि यसले व्यवसायिक उत्पादन थाल्नेछ।

विद्युत गृहबाट विद्युत उत्पादन सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट उत्पादन सुरु भएको हो। ‘विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट अब विद्युत उत्पादन गरेका छौं,’ उनले भने।

दोस्रो युनिट (३० मेगावाट)को असारभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकेर चार्ज भइसकेको छ। कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चीनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा गु्रप अफ कम्पनीज (सिजिजिसी) सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्