काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज-(नेप्से) ले २ वर्ष भन्दा बढी समय पछि २३ सयको विन्दु पार गरेको छ । मंगलबार नेप्सेले २ वर्षको उच्च विन्दुमा पुगेको छ। आज एकै दिन ७०.१८ अंकले नेप्से बढेसँगै नेप्से २ वर्ष बढी समयको उच्च विन्दुमा पुगेको हो ।
कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।
आज शेयर र कारोबारमा उछाल आउँदा जीवन बीमा एकै दिन ३१८.८५ अंकले बढेर ११०८६.३० विन्दुमा पुगेको छ। आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उछाल आएको छ।
आज २३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ। आज १६ वटा कम्पनीको शेयर मूल्यमा भने ९ प्रतिशत भन्दा बढीले बढेको छ । ५ वटा शेयरमा भने ९ प्रतिशत भन्दा बढीले घटेको छ।



लोकपाटी न्यूज
