भैरहवा विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लियो बुद्धको जहाज

gautam budha-airpor
लोकपाटी न्यूज

भैरहवा। भैरहवा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ। गएराति काठमाडौंबाट यात्रु लिएर भैरहवा गएको बुद्ध एयरको नाइनएन एओसी कलसाइनको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएरर अघिल्लो भाग घाँसे मैदानमा पुगेको हो।

जहाजमा रहेका ५६ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको बुद्ध एअरका सञ्चार प्रबन्धक दिपेन्द्र कर्णले बताए। काठमाडौंबाट आजै प्राविधिक टिम त्यसतर्फ पठाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्