बुटवल,२ जेठ। बुटवलको व्यस्त बजार संगमपथमा आगालागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
प्रहरीका अनुसार व्यवसायीहरु राजु श्रेष्ठले सञ्चालन गरेको जुत्ता र चिन्कु गुप्ताले सञ्चालन गरेको झोला पसलमा आगो लाग्दा ५० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको हो।
बुधबार राति बिजुली सर्ट भएर लागेको आगो बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका २ वटा दमकलले १ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए।



लाेकपाटी न्यूज
