‘३ गते भन्न सकिन्न, जेठ महिना कट्दैन’ : झलनाथ खनाल

Jhalnath Khanal
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, १ जेठ। नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जेठ महिनाभित्रै सम्पन्न हुने बताएका छन्।

युवा संघको २९औं स्थापना दिवसमा बरिष्ठ नेता खनालले जेठ ३ गते एकता टुंगिए पनि जेठ नकट्ने बताउका हुन्। ‘धेरै साथीहरुले जेठ ३ गते एकता टुंगिन्छ भन्नुभयो, यसअघि पनि धेरैपटक आशा देखाइयो तर त्यो आयो अनि गयो आयो र गयो,’ नेता खनालले भने, ‘जेठ ३ गते हुन्छ वा हुँदैन भन्न सक्दिन तर जेठ महिना चाँही सकभर कट्दैन।’

स्थापना दिवसका राष्ट्रिय सभागृमा भएको कार्यक्रममा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।