शिक्षामन्त्री पोखरेल चीन प्रस्थान

लाेकपाटी न्यूज

काठमाडौं, १ वैशाख। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चीन प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री पोखरेल मंगलबार चीन प्रस्थान गरेका हुन्।

कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ। यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १ सय ६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का सीपबारे अनुभव आदानप्रदान हुनुको साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ। दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रवद्र्धनमा प्राथमिकता दिइएको छ।