काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य बढेर कारोबारमा आएको हो। यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ। आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ थियो। आज चाँदीको मूल्य भने स्थिर छ। तोलामा १७ सय ९० रुपैयाँ तोकिएको चाँदीको मूल्य हिजो पनि यही कायम थियो।



लोकपाटी न्यूज
