एजेन्स। कांग्रेस विधायक अदिति सिंहको गाडीमा हमला भएको छ। सोनिया गान्धीको संसदीय क्षेत्र रायबरेलीमा जिल्ला पञ्चायत अध्यक्षका विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुनुअगावै उनीमाथि हमला भएको हो।
हमलामा विधायकको गाडी पल्टियो। भारतीय सञ्चारमाध्यम खासखबरका अनुसार हमलामा विधायक सिंहलाई गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यम खासखबरले जनाएको छ। रायबरेलीमा बिहान केही मानिसहरूले विधायक अदिति सिंहको गाडीमाथि बछरावा टोल प्लाजा नजिकै ढुंगा प्रहारसँगै फायरिङ पनि भयो। उक्त हमलापछि उनको गाडी हरचंदपुर थाना क्षेत्रमा अनियन्त्रित हुँदै पल्टियो।
दुर्घटनामा विधायक सिंहलाई गम्भीर चोट लागेको र उपचारका लागि उनलाई लखनउ पठाइएको छ। उक्त हमलामा भाजपा लोकसभा प्रत्यासी दिनेश सिंहका भाई अवधेश सिंहमाथि संलग्नताको आशंका गरिएको छ।



लाेकपाटी न्यूज

