नेपालमा ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना छ : मन्त्री तामाङ

Hitbahadur-tamang-pic
लोकपाटी न्यूज

चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्वीक सम्पदाहरुका हिसाबले असाध्य धनी रहेको र खास गरी हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको बताएका छन्।

चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमुर्तिको शिलन्यास गर्दै मन्त्री तामाङले सो कुरा बताएका हुन्। उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको संख्यामा धार्मिक पर्यटक ल्याउन सकिने बताए।

अष्टधातु शिवमुर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गरे।

उनले राज्य धर्मनिरपेक्ष भएकाले सबै धर्मलाई समान रुपले हेर्ने भन्दै नेपालमा सबै खाले धार्मिक पर्यटक आउने गरेको उल्लेख गरे। उनले यो बजेट योजना अनुसार कुनै समस्या नआउने गरी कार्यन्वयन गर्न आग्रह गरे। उनले मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्