काठमाडौं, १ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साता लामो औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कँदै छन्।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री बुधबार स्वदेश फर्कने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।
प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतेसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए।



लाेकपाटी न्यूज

