बेहुलीबिनै यी यूवाले गरे धुमधाम बिहे

लाेकपाटी न्यूज

काठमाडाै‌ं, ३१ वैशाख । विवाह भन्ने बित्तिकै हामीले दुलाहा दुलहीलाई सम्झन्छौं तर भारतमा दुलही बिनाको विवाह भएको छ । सुन्दा अचम्म लाग्ने याे विवाह भारतको गुजरातमा भएको हो । जहाँ बिना बेहुली बेहुला एक्लैले विवाह गरेका छन्, त्यो पनि तामझामकासाथ ।

२ सय जना भन्दा धेरै मानिसलाई जन्ती बनाएर बेहुला बन्ने सौख पुरा गरेका ती युवा भने सुस्त मनस्थितीकाे भएको बताइएको छ । उनी मानसिक रुपमा कमजोर भएको कारण उनको लागि कतै केटी नभेटिएपछि उनले बिना केटी नै विवाह गरेर आफ्नो इच्छा पुरा गरेका हुन् ।

अन्य व्यक्तिले विवाह गरेको देख्दा आफू पनि त्यस्तै बेहुला बन्ने इच्छा राखेका ती व्यक्ति सधैं यही कुरा आफ्नो आमाबाबूलाई भन्ने गर्थे । तर बाबू आमाले छोराको लागि केटी खोज्न अनेक प्रयास गरे तर असफल भएपछि उनीहरुले छोराको बेहुला बन्ने सपना पूरा गराइदिएका छन् ।

बिहेको दिन उनलाई बेहुला बनाएर पुरै गाउँ घुमाइएकाे थियाे भने गाउँ नजिकै रहेको सामुदायिक भवनमा ८ सय जनालाई भोज खुवाइएकाे थियाे।