काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ।
यूरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको छ। त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




लोकपाटी न्यूज
