सेनामा खुल्यो ३२ जनालाई जागिर

Nepali sena
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। नेपाली सेनाले विभिन्न प्राविधिक समूहमा आवश्यक जनशक्ति माग गरेको छ। जंग अड्डाले प्राविधिक पदमा खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै सार्वजनिक विज्ञापन प्रकाशित गरेको छ।

सेनाले लेखातर्फ उपसेनानी सरह दर्जाका लागि आदिवासी जनजाति समूहमा १, महिला १, दलित १ र खुल्ला ४ गरी सात जना माग गरेको छ। प्राध्यापक डाक्टर (मेडिकल)मा १ जना माग गरेको सेनाले एमबिबिएस डाक्टर १० जना माग गरेको छ भने डेन्टलमा ४ जना माग गरेको छ।

त्यस्तै सैनिक उपचारिका २ जना अकुपेशनल थेरापिष्ट १ जना मागेको छ। नेपाली सेनाले ५ जना पाइलट, १ पत्रकार र १ जना भेटेनरी डाक्टर माग गरेको छ। जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले नारायणहिटी दरबारबाट फारम लिई जेठ २८ गतेसम्म बुझाइ सक्नुपर्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्