डा.भट्टराईमा फ्रस्टेसन देखियोः पूर्व अर्थमन्त्री पाण्डे

Surendra-Pande
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख। नेकपाका सांसद सुरेन्द्र पाण्डेले समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको आरोप लगाउँदै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै विरोध गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन्। उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको बताए।

उनले भने, “१९८० को दशकमा पूर्व कम्युनिष्टहरु पनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भइसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो। अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भिउज्हरु त्यस सिलसिलामा जन्म भए।

इटिस्हरुभित्र पनि एक खालका राइटिसहरुबाट विरक्तिएकाहरु लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए, तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी , कुनै कुराहरु बाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम डाक्टर साबमा पनि व्यक्त हुन्छ।”आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको दाबी सांसद पाण्डेले गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्