क्यान्सर रोगीलाई दिइने १ लाख आर्थिक सहायता किन भयाे राेक्का ?

Cancer01
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख । सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोकिएको छ । बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिइँदै आएको १ लाख आर्थिक सहायता राक्का गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरेको मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले स्पष्ट पारिन् । आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिइन् ।

सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तिमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको बताइन् ।

आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धि नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरिएको सो कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रममा बोल्दै तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा.सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्