सहनसिलता र
सौन्दर्यताको तराजुमा
मोलिएको
विभेद र विवशताले
बाधिएको एउटा हिस्सा
ईज्जतको भारीले
थिचिएको एउटा पात्र
कुरीतिको जन्जालमा
अल्झाईएको एउटा अस्त्र
हो म महिला
जित र हारका संघर्षले
सजिएकी एउटा योद्धा
समाजका प्रत्येक पाप र
धर्मले
कोरिएको एउटा कथा
प्रतिस्पर्धा बाहिरैबाट
लेखिएको हार
हो म महिला
निरन्तर बाधहरूलाई
तोड्दै आएको
एउटा अन्तर्निहित जितको
संगम
हो म महिला।



लोकपाटी न्यूज

