बझाङ उपनिर्वाचन : कसले कति मत पाए ?

लोकपाटी न्यूज

धनगढी। बझाङ- १ (क) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनको पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले अग्रता कायमै गरेको छ। एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ मत प्राप्त गरेका छन्।

भण्डारीलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार ३७३ मत सहित दोस्रो स्थानमा छन्। त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार २८९ सहित तेस्रो र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ८ सय ५५ चौथो स्थानमा छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ३४ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्