काठमाण्डौं, २८ वैशाख। मौसमविद्ले अबको तीन दिन देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्नेे अनुमान गरेका छन्।
भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिए।
उनका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पानी पर्ने सम्भावना रहेको छ। मौसम बदली भई देशभरि बढेको गर्मी केही कम हुने उनले बताए।



लाेकपाटी न्यूज
