काठमाडौं। आज (मंगलबार) सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो। सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको छ।अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।



लोकपाटी न्यूज
