काठमाडौं, २७ वैशाख। सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी वजेटकाे शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन्। आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले सो माग गरेका हुन्।
आज सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्य सहितको टोलीले सो माग गरेका हुन्। नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा किटानी गरेको छ।
‘शिक्षाको पुनसंरचनाको युगिन अभिभारा हचुवाको भरमा पुरा हुन सक्दैन। त्यो लक्ष्यभेदनका लागि राष्ट्रिय आवश्यकता अनुरुपको जनशक्ति प्रक्षेपण गरी सोहि अनुरुपको शिक्ष नीति बनाउनु आजको पहिलो काम हो। माटो सुहाउँदो शिक्षामा केन्द्रीत हुँदै उत्पादन र श्रकसँग जोडेर शिक्षालाई लैजानुपर्ने अर्को आवश्यकता हो। यसका लागि साधारण धारको वर्तमा शिक्षालाई क्रमशः विस्थापीत गर्दै प्राविधिक धार बढाउँदै लगि दुबै शिक्षालाई आधा आधी हिस्सा ओगट्ने बिन्दुमा पुर्याउनु उपयुक्त बाटो हो। यस रोडम्यापका लागि शिक्षामा बजेटको प्रतिशत वद्धि गर्नु आवस्यक छ। आकार मात्र बढेर प्रतिशत नबढि आएको बजेटले अनन्त सुखी नेपाली समृद्ध नेपालको अभियानलाई पनि बल पुग्दैन’ ध्यानआकर्षण पत्रमा उल्लेख छ।
संविधानले कक्षा १२ सम्मको शिक्षा निशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेको छ । शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेको अनेरास्ववियू (क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।



लाेकपाटी न्यूज

