हिरासतमा रहेका व्यक्ति झुण्डिएपछि प्रहरी कार्यालयमा तनाव

Police-Ratnagar tandi
लाेकपाटी न्यूज

चितवन, २६ बैशाख । चोरीको केसमा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका युवक झुण्डिएपछि तनाव भएको छ।

चोरीको विषयमा कालिका नगरपालिका वडा नंं. १ का २४ वर्षीय समीर घिसिङ हिरासत भित्रको शौचालयमा पासो लगाएर झुण्डिएपछि स्थानीयले कार्यालयमा आक्रमण गरेका छन्।

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार चोरीको विषयमा बुधबार विहान ११ बजे नियन्त्रणमा लिएको युवक आज बिहीबार साँझ ८ बजे शौचालयको डण्डीमा सर्ट (कमेज) को पासो लगाएर झुण्डिएका थिए।

झुण्डिने प्रयास गर्दा गर्दै थाहा पाएर तत्काल उपचारको लागि भरतपुर पठाएको प्रहरी कार्यालये जनाएको छ। घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घिसिङको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले कार्यालयमा तोडफोड गर्नुका साथै केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

राति १० बजेसम्म आफन्तले गरेका थिए। प्रहरीले बल प्रयोग गरी राजमार्ग नियमित गराएको छ। तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ। घिसिङ पटके चोरीको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ। घाइते घिसिङको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्