काठमाडौं, २६ वैशाख। जोनसन बेबी स्याम्पुजोनसन एण्ड जोनसनको प्रयोगमाथि प्रतिबन्ध लगाईएको छ। यसका प्रडक्टहरुमा हानिकारक केमिकल नहुने दाबी गरिएको कारण पनि अधिकांश देशका नागरिकहरुले आफना सन्तानका लागि यसको उत्पादनहरु प्रयोग गर्ने गर्छन्।
तर , भारतमा भने जोनसन एण्ड जोनसनको प्रयोगमाथि प्रतिबन्ध लगाईएको छ। जोनसन एण्ड जोनसनको जोनसन एण्ड जोनसनको स्याम्पुमा हानिकारक तत्व फोर्मलडिहाइड पाईएको भन्दै युपीमा यसको बिक्री बितरणमा प्रतिबन्ध लगाईएको हो।
लखनउस्थित सेन्ट्रल स्टोरमा छापा मारी कम्पनीको सात उत्पादनको नूमना लिएर परिक्षण गरिएको थियो। जसमा स्याम्पुमा फोर्मलडिहाइड नामक हानिकारक रसायन दाबी सरकारी अधिकारीहरुले गरेका छन्।प्रतिबन्ध लगाएसंगै कम्पनीलाई बजारमा बिक्री गरिएको स्याम्पुहरु फिर्ता गर्न भनिएको छ।
साथै जोनसन एण्ड जोनसनको अन्य उत्पादनहरुको पनि नमूना परिक्षण गरिने भएको छ। त्यसको रिपोर्ट आएपछि थप कारवाही हुने बताईएको छ। प्रयोगशालाको रिपोर्टको आधारमा यसअघि नै राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले सबै राज्यहरुमा जोनसन एण्ड जोनसन स्याम्पुमाथि रोक लगाउन र त्यसको भण्डारसमेत हटाउन भनेको थियो।
यता, कम्पनीले जोनसन एण्ड जोनसनमा हानिकारक केमिकल नरहेको दाबी गरेको छ। उक्त आरोपपछि कम्पनीले भनेको छ “हामीले भारतीय प्राधिकरणहरलाई जानकारी दिईसकेका छौँ की हाम्रो कुनै पनि उत्पादनमा फोर्मलडिहाइडको प्रयोग गर्देनौँ। हामीले यस्ता पद्र्धाथको प्रयोग गर्देनौँ जसले केही समयपछि फोर्मलडिहाइड निस्कन्छ”। (एजेन्सी)



लाेकपाटी न्यूज

