व्यापारमा हात हाल्दै प्रदेश सरकार

Pradesh-3
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने भएको छ। साझा यातायातमा शेयर लगानी गर्ने प्रदेश नं.३ सरकारले निर्णय गरेको हो।

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने छन्।

१३ वटा स्वास्थ्य कार्यालयहरुको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्