मोरङ, २५ वैशाख। कोशी अस्पतालमा विगत ६ वर्षदेखि बालरोग विशेषज्ञका रुपमा कार्यरत डा. विमल अग्रवाललाई हृदयघात भएको छ।
विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मंगलबार उपचारका लागि भर्ना भएका डा. अग्रवालको अवस्था चिन्ताजनक रहेको बताइएको छ।उपाचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि इलेक्ट्रो कार्डियोग्राम इको गरिएको थियो।
इकोका क्रममा मुटुको एउटा धमनी अवरुद्ध रहेको देखिएको अग्रवालका निकटस्थ डा. रोशन पोखरेलले जानकारी दिए। कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. पोखरेलका अनुसार बुबाको एन्जियोग्राफीका लागि मंगलबार नोवेल जाने कुरा गरेका डा. अग्रवालले साथीभाइलाई समेत यस विषयमा जानकारी गराएका थिएनन।
आफू कार्यरत कोशी अस्पतालबाट बुबाको एन्जियोग्राफीका लागि विदा लिएको पोखरेलको भनाइ छ। उपचारका क्रममा गएरातिबाटै गम्भीर अवस्थामा रहेका डा। अग्रवालका विषयमा भारतको मेदान्त अस्पतालका चिकित्सकहरुसंग पनि थप उपचारका लागि सल्लाह गरिएको थियो।
अस्पताल श्रोतका अनुसार, भेन्टिलेटरमा रहेका डा। अग्रवालको बे्रनडेड भइसकेको छ। नोवेल अस्पतालमा हाल अग्रवाल परिवारसहित विराटनगरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु, विभिन्न समाजिक संस्थाका व्यक्तिहरु उपस्थित रहेका छन्।



लाेकपाटी न्यूज

