काठमाडौं, २४ वैशाख। सन् २०२०को डिभी लटरीको नतिजा आज मंगलबार सार्वजनिक हुँदैछ। अमेरिका जान डिभी भरेकाको आवेदनको नतिजा मंगलबार सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।
गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो। डिभी परे/ नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ।
https://www.dvlottery.state.gov/ नतिजामा गएर हेर्न सकिन्छ।



लाेकपाटी न्यूज

