काठमाडौं, २३ वैशाख। फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ। ग्रुप भिडियो च्याटको प्रमुख एप हाउस पार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको छ।
द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ। सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरिएको थियो। फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौँ। हामीले यसबाट जे सिक्यौँ त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौँ।’
मुख्य एप हाउस पार्टी एक गु्रप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइनमा रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन्। फेसबुकले इन्स्टाग्राम तथा मेसेन्जरजस्ता अन्य प्लाटफर्ममा पनि ग्रुप भिडियो च्याटलगायतका फिचर थप गर्दैछ।



लाेकपाटी न्यूज

