कांग्रेसले देशलाई दरिद्र बनायो : उपेन्द्र यादव

Upendra Yadav
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। उपेन्द्र यादवले अहिलेका कम्युनिष्टहरु कम्यूनिष्ट नभएर कमाउनिष्ट भएको बताएका छन्। यादवले भने, ‘मैंले कम्यूनिष्ट आन्दोलन लामो समयसम्म गरे तर अहिलेका कम्यूनिष्ट कम्यूनिष्ट नभएर कमाउनिष्ट भएका छन्।’

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा दुई पार्टीबीच भएको एकता घोषणा कार्यक्रममा बोल्दै उनले भने, अहिले कम्यूनिष्टको बोबाला होइन, कमाउनिष्टहरुको बोलबाला रहेको छ। उनले भने, ‘कम्यूनिष्ट हरुले भन्दैछन् कि हाम्रो एजेण्डा संघियता थिएन यो त मधेश आन्दोलनले जबरजस्ती ल्याएको छ। मधेस आन्दोलनले यो संघियता आएको हो।’

यस्तै उनले काँग्रेसको सिद्दान्त नै सवैधानिक राजतन्त्र हो र अहिले त्यसैमा लागेको बताएका छन्। ‘काँग्रेस अहिले धेरै नै पछाडि परिसकेको छ। अरुबाट दान दक्षिणा लिएर देश समृद्ध हुदैँन, देशलाई समृद्ध बनाउन आफै सक्षम हुनुपर्छ’ उनले भने, ‘देशलाई दरिद्र बनाउने काम काँग्रेसले गरेको छ । सविधान संशोधन गरेर प्रदेसलाई अधिकार सम्पन्न बनाउनु पर्दछ।’