रक्सौल–काठमाडौं रेलमागको अध्ययन सुरु

railways pic
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन्।

काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पुरा हुने अपेक्षा गरेका छन्। रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए।

भारतीय अधिकारीहरुले काठमाडौं जोड्नलाई रक्सौलदेखि अध्ययन सुरु गरे पनि त्यसबारे विस्तृत जानकारी भने नेपाली पक्षलाई दिएका छैनन्। केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि भने नेपाली र चिनियाँ अधिकारीबीच औपचारिक रुपमा तीन पटक छलफल भइसकेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्