काठमाडौं, २२ वैशाख। चन्द्रागिरी नगरपालिका ३ प्रकाश केवलमार्गस्थित एक घरबाट करिब १ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रकाश केवलमार्गस्थित नानी मैया श्रेष्ठको घरबाट आइतबार बिहान नगद ४० हजार रुपैयाँ, सुनको गहना र १ थान मोवाइलसमेत गरी करिब १ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
फरार चोरहरुको खोजी र घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
